कपिलवस्तुको मायादेवी गाउँपालिकाले इप्रकालाई दिँदै आएको सहयोग रोक्ने


पालिका पत्र

२९ श्रावण २०८०, सोमबार १९:२० मा प्रकाशित

कपिलवस्तु, २९ साउन । मायादेवी गाउँपालिका र इलाका प्रहरी कार्यालय पकडीबीच विवाद बढ्दै जाँदा गाउँपालिकाले प्रहरीलाई दिने सबै सहयोग बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ सवारी साधनका कागजात जाँचको विषयलाई लिएर दुवै निकायका पदाधिकारीबीच असमझदारी बढेको थियो ।

आइतबार राति ८ बजेतिर पानी परिरहेको बेला इलाका प्रहरी कार्यालय अगाडिको बाटोमा ३ महिने दूधे बालकदेखि वृद्धवृद्धा बसेको मोटरसाइकल जाँच क्रममा इलाका प्रहरी कार्यालयका निरीक्षक शिव क्षेत्रीले अनावश्यक दुःख दिने र बदनीयतपूर्ण व्यवहार गरेको गुनासो आएपछि सहजीकरणका लागि आफूसहित कार्यपालिकाका अधिकांस पदाधिकारी जाँदा पनि बेवास्ता गरी हैकमवादी प्रवृत्ति देखाएको आरोप अध्यक्ष मुसलमानले लगाए ।

जनप्रतिनिधि र प्रहरीले सहकार्य गरी जनताका हरेक समस्या समाधान गर्नुपर्नेमा प्रहरीले अनुदार भई जनतालाई दुःख दिने नियतले काम गरेकामा सोमबार बसेको कार्यपालिका बैठकले खेद व्यक्त गरेको अध्यक्ष मुसलमानले बताए ।

प्रतिक्रिया दिनुहोस्