बाणगंगाका मृगौला पिडितः ‘केही आर्थिक सहयोग पाए नयाँ जीवन बाँच्ने थिएँ’


पालिका पत्र

१ भाद्र २०८०, शुक्रबार ११:४४ मा प्रकाशित

कपिलवस्तु, ०१ भाद्र । मृगौला रोगले ग्रस्त ठागे प्रसाद थारु ले उपचारका लागि सहयोगको अपिल गरेका छन् । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं ६ अमौली निवासी ५३ वर्षिय थारुको दुवै मृगौला फेल भएपछि अहिले उपचारको क्रममा छन् ।

अहिले गौतम बुद्ध मुटु हस्पिटल,बुटवलमा उपचार गरिरहेका थारु लाई चिकित्सकले मृगौला प्रत्यारोपण गर्न सुझाब दिएका छन् । तर, उनको आर्थिक अवस्था निकै कमजोर रहेको उनका दाजु प्रसादे थारुले बताए ।

दाजु प्रसादेका अनुसार मृगौला फेर्नका लागि निकै पैसा खर्च हुने छ तर, ठागेको त्यो सामर्थ नभएकाले सहयोगको अपिल गरेका छन् । ‘केही आर्थिक सहयोग पाए नयाँ जीवन बाँच्ने थिएँ ।’ ठागे प्रसादले भने ।

उनले भने औषधी उपचार गर्न अहिलेसम्म २ लाख ५० हजार जती खर्च भयो सम्पतीका नाममा घर मात्र छ ,आम्दानीको श्रोत केही छैन एउटा छोरो थियो उसको पनी ५ बर्ष अगाडी टयाक्टर दुर्घटनामा मृत्यु भयो । अहिले घरमा श्रीमती सानो नाती र म मात्र छौ । श्रीमती ज्याला मजदुरी गरेर घर परिवारमा बिहान बेलुकाको जोहो गर्थिन् त्यो पनी अव म बिरामी भएकाले मेरै स्याहार सुसारमा व्यस्त हुनुपर्छ भन्दै गुनासो पोखेका छन् ।

उनको उपचार सहयोगका लागी छिमेकी गाउँलेहरुले सहयोग रकम संकलन गरेको छिमेकी सरस्वती गैरेले बताइन् । उनको घरको अवस्था एकदम नाजुक छ उपचारका लागी धेरै रकम आवश्यक पर्ने भएकाले छिमेकी गाउँ वरपर गएर २ दिनमा करिव १४ हजार सहयोग उठेको छ अव एक दुई दिनमा थप रकम उठाएर थारुलाई हस्तान्तरण गर्ने बताइन् । पिडित थारुले आफ्नो आर्थिक अवस्था एकदम नाजुक भएकाले आफ्नो औषधी उपचारका लागी सहयोग गर्नका लागी सबै समक्ष अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्