विजयनगर गाउँपालिकाका वडाध्यक्ष तिलकराम कँडेलविरुद्व अख्तियारमा मुद्दा


पालिका पत्र

२ भाद्र २०८०, शनिबार १७:४० मा प्रकाशित


पालिका पत्र, भाद्र ०२ ।
कपिलवस्तुमा एक जना वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विजयनगर गाउँपालिका ४ का वडाध्यक्ष तिलकराम कँडेलविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख १० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कँडेलले शंकरपुर तालको ठेक्कामा भ्रष्टाचार गरेको पाइएको आयोगको ठहर छ । उनले ठेक्काको रकम आफ्नै खातामा जम्मा गरेका हुन् ।

वडाध्यक्षले दुई लाख ७० हजार रुपैयाँ विजयनगर गाउँपालिकाको खातामा जम्मा गर्नुपर्नेमा त्यसो नगरेको पाइएको हो । वडाध्यक्षसहित तत्कालीन पत्थरदेईया गाउँ विकास समिति कार्यालयका सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदविरुद्ध पनि विशेष अदालतमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ । कडेलले गत स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्ष जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्