छाडा चौपाया ब्यवस्थापन नगरिए अनसन बस्न बाध्य हुने छुः वडाध्यक्ष गैरे


पालिका पत्र

६ भाद्र २०८०, बुधबार ०८:५९ मा प्रकाशित


पालिका पत्र, भदौ ०६ ।
कपिलवस्तु नगपालिका वडा न. ३ का वडा अध्यक्ष प्रकाश गैरेले जिल्लामा भएका छाडा चौपया ब्यवस्थापन नगरिए अनसन बस्न बाध्य हुने बताएका छन् । उनले छाडा चौपाया ब्यवस्थापन गर्न पालिका स प्रदेश संग माग गर्दौ यस्तो बताएका हुन् ।
कपिलवस्तुबासी कै लागि ठुलो समस्याकारुपमा देखा परेको छाडा चौपायाको तत्कालै ब्यवस्थापन गर्नु पर्ने उनको माग छ । छाडा चौपया ब्यवस्थान नगरिदा कृषकहरुले लगाएको बाली सखाप भएको छ भने सर्वसाधारणले समेत हैरानी खेप्नु परेको भन्दै त्यसको समाधान तत्कालै गरिनु पर्ने उनले माग गरे । ‘छाडा चौपायाका कारण अहिले कृषकहरुले लगाएको धानबाली सखाप भएको छ, दुर्घटना समेत बढदै गएको छ’ वडाध्यक्ष गैरेले भने ‘त्यसैले यसको समाधानमा ढिलाई गर्न हुन्न ।’

बढ्दो छाडा चौपायका कारण सर्वसाधरणलाई तौलिहवा बजारमा हिडडुल गर्न निकै समस्या भईरहेको छ । नगरपालिकाको तौलिहवाका सडक, चोक, गल्ली, हाटबजारमा छाडा चौपयाले निकै समस्या सिर्जना गर्ने गरेका छन् । तौहिलवामा मात्र नभै जिल्लाको गाँउ देखि शहर र कृषक देखि ब्यापारी समेत छाडा चौपायका कारण समस्यामा परेका छन् । नगरक्षेत्रमा यतिबेला छाडा चौपाया यती बिध्न बढेका छन की निर्बाध रुपमा सवारी साधन संचालनमा निकै बाधा पुगिरहेको छ । चौपायाले गर्ने जथाभावी दिशापिसाबकै कारण बजार क्षेत्रमा दुर्गन्ध बन्दै गएको छ ।

बाटो–बाटामा गाई बस्तु बस्ने भएकाले यात्रुलाई हिडडुल र सबारीसाधनलाई आबागमन गर्न समस्या परेको छ । दुर्घटनामा परी अवोध चौपाया घाईते अंगभंग र मर्ने समेत गरेका छन । छाडा चौपया ब्यवस्थापन नगरिए आफु अनसन बस्न बाध्य हुने वडाध्यक्ष गैरेले बताए । ‘कपिलवस्तुका पालिका, प्रदेश र संघीय सरकारले यसको चाडै ब्यवस्थापन गरोस’ उनले भने ।


उता यही भदौ ९ गते बुद्धभुमी नगरपालिकाको बुढ्ढी चोकमा ल्म्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा छाडा चौपया ब्यवस्थापनकालागि बृहद छलफल कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्