“पुजीगत खर्चमा रुपन्देहीमै पहिलो बन्यो – गैडहवा गाउपालीका ”


पालिका पत्र

१२ भाद्र २०८०, मंगलवार ०७:०७ मा प्रकाशित

रुपन्देही, भदौ १२।
रुपन्देहीका १६ वटा पालीकामध्ये गैडहवा गाउपालीका पुजीगत खर्चमा सबैभन्दा अगाडी देखिएको छ । पालीकाले २०७९/८० मा सम्पादित कार्यक्रम अन्र्तगत पुजिगत तर्फ ८७ प्रतीशत बजेट खर्च गर्दै बिकास निर्माणका कामलाइ अघि बढाएको छ ।
गैडहवा गाउपालीकाको आर्थिक बर्ष ७९/८० मा सम्पादित कार्यक्रमहरुको बार्षीक प्रगती समिक्षा गोष्ठीमा सिमित स्रोत साधनका बिचमा पनी पालीकाले पुजीगत तर्फ ८७ प्रतीशत खर्च गर्ने पहिलो पालीका भएको बताएको छ ।

आगामी बर्ष यसलाइ बढाएर ९० प्रतीशत भन्दा माथी पुर्याउने गैडहवा गाउपालीकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए । गैडहवापछी पुजीगत खर्चमा सियारी गाउपालीकाले ८४ प्रतीशत खर्च गर्दै दोस्रो भएको छ । स्थानीय सरकारलाइ दिएको अधिकारको कार्यान्वयन गर्न भौतिक ,आर्थिक,सामाजिक बिकास गर्दै बिकास र समृद्धिको जनआकाक्षा पुरा गर्ने प्रमुख दायित्व जनप्रतिनिधी , कर्मचारी लगायत हामी सबैको हो , बार्षीक प्रगती समिक्षा गोष्ठीमा बोल्दै पालीका अध्यक्ष पौडेलले भने – १ देखी ९ सम्मका बिभिन्न वडाले ९६ प्रतिशतसम्म बजेट खर्च गरेको र जनताको अती आबश्यक कामहरुलाइ पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

उनले १७ करोड ३५ लाखमा र्सुर्यपुरामा १५ शैयाको अस्पताल निर्माण भइरहेको र १ करोड ५० लाखमा नेपाली सेनाको आयोजनामा राष्ट्रपती चुरे संरक्षण कार्यक्रम अन्र्तरगत रुपन्देहीकै ठुलो गैडहवा ताल पुन निर्माण सम्पन्न भइ पालीकालाइ हस्तान्तरण भइसकेको बताए । चालु खर्च ८२ प्रतीशत रहेको बताउदै पौडेलले बिकास निर्माणको काममा ढिलासुस्ति गर्ने, समय लम्बाउने र निर्धारीत मितीमा काम सम्पन्न नगर्ने निर्माण ब्यबसायीलाइ कारबाही गर्ने पनी जनाए ।


यस्तै प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पन्थिले सडक पिच, ढलान,ग्राभेल , स्तरउन्नती, नाली निर्माणका धेरै काम भएको भन्दै स्वास्थ्य ,शिक्षा तथा कृषी र रोजगारलाइ ८०/८१ मा बिशेष प्राथमिकताका साथ अगाडी बढाएर लैजाने बताए । उनले सार्वजनिक खर्च ब्यबस्थापनलाइ नतिजामुखी बनाइदै बिकास आयोजना कार्यान्वयनलाइ सहजीकरण गरिने बताए । पन्थिले समिक्षा गोष्ठीमा जिल्लामै पुजिगत खर्चमा पहिलो पालीका बनाउन अहोरात्र खट्ने वार्डअध्यक्ष, वार्ड सदस्य, स्थानीय उपभोक्ता, कर्मचारीलाइ बिशेष धन्यबाद प्रकट गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषी, पशु, रोजगार, लेखा, सामाजिक बिकास रमहिला बिकास, लघु उधम, आर्युवेद , भुमिहिन दलित भुमिहिन सुकुम्बासी, अब्यबस्थित बासोबासी शाखा , पन्जिकरण लगायत बिभिन्न शाखाका प्रमुखहरुले आ आफ्ना प्रगती बिबरण सुनाएका थिए । उनीहरुले समृद्ध गैडहवाको बिकासको नारालाइ आत्मसात गर्दै आम जनसमुदायको हितमा काम गर्ने प्रतीबद्धता जनाएका थिए ।

यस्तै १ देखी ९ सम्मका वार्ड अध्यक्ष तथा वार्ड सचिबहरुले जनचाहना अनुरुप नागरिकहरुको घरदैलो सेवा प्रदान गर्ने आधारस्तम्भको रुपमा रहने स्थानीय तहको भुमिकालाइ प्रभाबकारी बनाइने दाबि गरे । गोष्ठीमा उपस्थित स्थानीयले समग्र गैडहवाको बिकासका लागी हातेमालो गर्न सदैब तत्पर रहेको बताएका थिए । पालीका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता तथा सुचना अधिकारी गणेश भटराइको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्