भदौ १८ । कपिलवस्तुमा विद्युत महशुल नतिर्ने करिब २ दर्जन ग्राहकको विद्युत लाईन काटिएको छ । विद्युत प्राधिकरणले पटक पटक सूचना जारी गर्दा पनि महशुल तिर्न अटेरी गर्ने नेताका उद्योग देखि बाँकी अन्य ग्राहकको लाईन काटेको हो ।
विद्युत प्राधिकरण तौलिहवाले ६० दिन भन्दा बढि विद्युत महशुल बाँकी बक्यौता रहेका ग्रहाकको लाईन धमाधम काट्न शुरु गरेको प्रमुख राजेश झाले जानकारी दिए । उनका अनुसार १० हजार भन्दा माथि बाँकी बक्यौता रहेकाको पनि लाईन काटिएको बताईएको छ । बाँकी बक्यौता अशुल गर्नका लागि जिल्ला भरिनै लाईन काट्न बाध्य भएको प्राधिकरण तौलिहवाले जनाएको छ ।
यता बाणगंगामा संचालित श्री लुम्बिनी कंकिृट उद्योगको लाईन काटिएको छ । उद्योगको बाँकी बक्यौता ३२ लाख ७५ हजार ८ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै सत्यदेव कंकृट उद्योगको पनि लाईन काटिएको छ । जसको बाँकी बक्यौता ५ लाख ६१ हजार ८ सय ११ रुपैयाँ १७ पैसा रहेको छ ।
उता बुद्धभुमि नगरपालिका गोरुसिंगेमा रहेको मायाज ईन्टरनेश्नल होटलको पनि लाईन काटिएको प्राधिकरणले जनाएको छ । जसको बाँकी बक्यौता ३ लाख ५१ हजार ५ सय ३७ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै प्रेम बहादुर केसिको नाममा रु २ लाख २६ हजार ५ सय १५ रुपैयाँ ५३ पैसा बक्यौता देखिएको छ ।
यस्तै विपसा अक्वा ईन्डष्ट्रीजको १ लाख ८६ हजार २ सय ५८ रुपैयाँ ९ पैसा बाँकी छ । यस्तै सरस्वती मल्लको नाममा १ लाख ५८ हजार ६ सय ५ रुपैयाँ बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै होटल एडिको १ लाख ४३ हजार ८ सय ३३ रुपैयाँ १८ पैसा, होटल संगम प्यालेस गोरुसिंगेको १ लाख ४० हजार ५ सय ८ रुपैयाँ ३१ पैसा, शिद्धार्थ ब्रिक फ्याक्ट्रीको १ लाख ६ हजार १ सय २९ रुपैयाँ ३२ पैसा, बि. आर.के काष्ठ उद्योगको १ लाख ३ हजार १ सय ३३ रुपैयाँ ३४ पैसा बाँकी बक्यौता रहेको र लाईन काटिएको प्राधिकरणले जनाएको छ ।
यस्तै लाख भन्दा कम बक्यौता भएका सुर्य ईट्टा उद्योगको ८९ हजार २ सय ५८ रुपैयाँ ४६ पैसा, जनप्रिय बालुवा प्रसोधन उद्योगको ८३ हजार ३ सय ४८ रुपैयाँ ६३ पैसा, सोसियल ईङ्गलिस बोर्डिङ्ग स्कुलको ७८ हजार १ सय ९९ रुपैयाँ ६५ पैसा, बुुटवल रुपन्देही होटलको ७७ हजार १ सय ६० रुपौयाँ ५३ पौसा, लेखनाथ मदिरा पसलको ६९ हजार १ सय ४९ रुपैयाँ ४४ पैसा, न्यु मुर्ति वर्कसपको ६६ हजार १ रपैयाँ ६१ पैसा, न्यु बुद्ध पानि प्रशोधन उद्योगको ६० हजार ७ सय ५७ रुपैयाँ ३० पैसा, ओम बाणगंगा बालुवा प्रशोधन उद्योगको ५६ हजार २ सय ४ रुपैयाँ ६ पैसा, डि.एस ग्रिल गद्योगको २६ हजार ४ सय ५४ रुपैयाँ ४० पैसा र जगारु थारुको १३ हजार ८० रुपैयाँ बाँकी रहेकोले लाईन काटिएको जनाईएको छ ।
बिद्युत बक्यौता र चुहावट बढदै गए पछि नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रले चुहावट नियन्त्रण तथा बक्यौता असुली अभियान चलाएको हो । प्राधिकरणको प्रादेशिक कार्यालय बुटवल र तौलिहवा बितरण केन्द्रले संयुक्त अभियान संचालन गरेको हो । बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रले बक्यौता रकम बढदै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरे पछि लाईन काटने अभियान नै चलाएको हो ।
पटक पटक सुचना निकाल्दा र ताकेता गर्दा पनि सुनुवाई नभए पछि आफुहरुले लाईन काटने अभियान चलाएको प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए ।
बिद्युत बक्यौता रहेका प्रतिष्ठित ब्यक्ति, सरकारी कार्यालय गाउँपालिका स्वास्थ्य चौकी लगायतका पुराना तथा बढी बक्यौता रहेकाहरुको धमाधम लाईन काटन सुरु गरेको प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए ।
लाईन काटेको धेरै दिन सम्म पनि बिद्युत नतिर्ने ग्राहकको ३ पुस्ते बिवरण सहीत कालो पाटीमा समेत राख्ने तयारी गरिएको प्राधिकरणका प्रमुख झाले चेतावनी दिए ।