पर्यटकीय स्थलको प्रबर्द्धन गर्न होटल तथा पर्यटन व्यवसायी संघ अग्रसर


पालिका पत्र

२२ भाद्र २०८०, शुक्रबार ०७:१८ मा प्रकाशित

कपिलवस्तु, भदौ २२ ।
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु पर्यटकीय स्थलको प्रवर्द्धनमा अग्रसर देखिएको छ । संघले आफ्नो प्रथम स्थापना दिवसको अवसर पारेर पर्यटकीय प्रवर्द्धनमा जोड दिएको हो ।

संघले प्रथम स्थापना दिवसको पहिलो दिन ऐतिहासिक तथा पर्यटकीय स्थल जगदिशपुर ताल , प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट लगायत धार्मिक तथा पर्यटकीय स्थलहरूमा चिनारी सहितका बोर्ड लगाएको छ । संघले जिल्लाका सिमाना तथा मुख्य क्षेत्रहरूमा बोर्ड लगाएको हो । संम्बन्धित पर्यटकीय स्थल सम्म पुग्नको लागि कहाँ बाट कसरी पुग्न सकिन्छ भन्ने सांकेतिक चिह्नहरू बोर्डमा समेटिएको छ ।

यस्तै सोही अवसरमा संघले बाल मन्दिर तौलिहवामा रहेका अनाथ बालबालिकालाई खाद्यान्न बितरण गरेको छ । संघले प्रथम स्थापना दिवसमा बनाएको पुर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सम्पन्न गरेको अध्यक्ष रविन्द्र पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्