शुद्धोधन गाउँपालिकाका कर्मचारीद्वारा निजामती सेवा दिवसमा कालो पट्टी बाधेर विरोध


पालिका पत्र

२३ भाद्र २०८०, शनिबार ०८:४९ मा प्रकाशित

कपिलवस्तु, भदौ २३ । शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुका कर्मचारीहरुले सरकारले स्थानीय तह र प्रदेश स्तरका कर्मचारीहलाई विभेद गरेको भन्दै निजामती कर्मचारी निजामती सेवा दिवस मनाउनुको साटो उल्टै स्थापना दिवसमा कालो पट्टी बाधेर विरोध जनाएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वाट मन्त्रिपरषद मार्फत सदनमा पेश गर्न लागेको निजामति ऐनमा स्थानीय तहका कर्मचारिहरुको मान मर्दन हुने खालको देखिएकोले कालो पट्टी बाधेर विरोध गरेको कर्मचारीहरुले जनाएका छन् ।

उनिहरुले संघिय निजामति ऐनको ठाउंमा एकिकृत कर्मचारी ऐन ल्याउनु पर्ने,स्थानीय तहका कर्मचारीलाइ पनि निजामति ऐनमा समेट्नु पर्ने , कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भएका कर्मचारीलाई १ पटक पुनरावलोकन गर्नुपर्ने , स्थानीय तहका कर्मचारीहरुको सुरक्षीत रहनुपर्ने लगायतका मागहरु रहेको शुद्धोधन गाउंपालिकाका शिक्षा शाखा प्रमुख धनि प्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्