सामुदायिक वनहरूले स्थानीय तहका नीति, नियम र ऐन सिक्न आवश्यकः मेयर अर्याल


२५ भाद्र २०८०, सोमबार १८:५८ मा प्रकाशित


रविना कडेल, भदौ २५ ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले नगर भित्रका सामुदायिक वनहरुलाई एकिकृत गरेर ऐनको कार्यन्वयन गर्ने बताएका छन् । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको ११ औं बार्षिक साधारण सभालाई संम्बोधन गर्दै मेयर अर्यालले यस्तो बताएका हुन् ।


मेयर अर्यालले वनहरुका आफ्ना निकायहरु डिभिजन वन कार्यालय सब डिभिजन वन कार्यालय रहेता पनि स्थानिय तहको पनि सरोकारका विषय भएकाले सम्पुर्ण नगरपालिका भित्र रहेका सामुदायिक वन हरुलाई एकिकृत गरेर अन्तर्रक्रिया गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर अर्यालले स्थानिय तहका ऐन निति नियमहरु सामुदायिक वनका प्रतिनिधिहरुलाई बुझाउन आवश्यक रहेको बताए । उनले सामुदायिक वनले गर्ने काम र कर्तव्य सामुदायिक वनका पदाधिकारीहरु तथा जनप्रतिनिधिले बुझ्न जरुरि रहेको बताए ।

यस्तै कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासघंका केन्द्रिय अध्यक्ष रेनु सेनले वन व्यावस्थापनका लागि वैज्ञानिक रणनिती अवलम्वन गर्नुपर्ने बताईन । उनले गरिव उपभोक्ताहरुलाई कसरी माथी उठाउने, वनको हेरचाह कसरी गर्ने भन्ने कुराहरु सबैले बुझ्न जरुरी रहेको बताईन । यस्तै उनले सामुदायिक वनहरुले बाटोघाटोको काम मात्रै नगरेर लक्षित वर्गका लागि विशेष कार्यक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिईन ।


श्रृङ्गीघाट सामुदायिक वनको निर्वतमान अध्यक्ष समेत रहेकि सेनले दिगो वन व्यवस्थापनको जानकारी दिदैं भनिन् “वनले प्रदान गर्ने वस्तु (काठ दाउरा जडिबुटी आदि) तथा सेवा (जैविक विविधता कार्वण शोषण, हरियाली, पानी रिचार्ज गर्ने, खाद्य तत्व साइकल गर्ने आदि) को निरन्तरता वा अभिबृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन हो ।” ‘दिगो वन व्यवस्थापन एक अवधारणा हो ।’


यसैगरि कार्यक्रममा बाणगंगा र गजेहडा भू.पु सैनिक खोनपानी उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहले वनले बनाएको कार्ययोजना एकदमै सान्दर्भिक रहेको बताए । उनले वनले लिएको नितीलाई कार्यन्वयमा गर्दै जाने हो भने बाणगंगा नगरपालिका नमुना नगरपालिकाको रुपमा स्थापित हुने बताए । राजेन्द्र विक्रम शाहले यसलाई हासिल गर्न वन विज्ञानका सिद्दान्तको आधारमा बिभिन्न वन संवर्दन तथा व्यवस्थापनका कृयाकलापहरु ब्यवस्थित रुपमा लागू गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा वनका अध्यक्ष गणेश सिंह ठकुरीले आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै ९ करोड ९७ लाख ५५ हजार ७ सय ६८ रुपैयाँ बराबरको प्रस्तावित आय र ५ करोड ३१ लाख बराबरको प्रस्तावित व्यय पनि प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक वर्ष २०७९/ ०८० को ४ करोड ३० लाख ५५ हजार ९सय १९ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरे ।


त्यस्तै कार्यक्रममा वनका सचिव सुष्मा खाँणले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकि थिइन । यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को लेखा प्रगति प्रतिवेदन लेखा संयोजक कृष्ण प्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।


साधारण सभामा वडा न. ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर, वडा न. ३ का वडा अध्यक्ष टेक बहादुर झेडि मगर, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, शिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतको आतिथ्यता रहेको थियो ।


बाणगंगाका चार वटा वडा समेटिएको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहको ११ औं बार्षिक साधारण सभा सोमवार शिद्धार्थ क्याम्पसको सभाहल बुङ्गचिमा सम्पन्न भएको हो । साधारण सभामा वन ऐन नियम अनुसार गर्नुपर्ने उत्पादनशिल वनको हकमा उपभोक्ता समूहको चाहनामा समूहले वन संवर्धन प्रणालीमा गर्नुपर्ने भुमिकाको विषयमा आधारित कार्ययोजना तयार गरी प्रस्तुत गरिएको थिायो ।


कार्यक्रममा उपाध्यक्ष बुद्ध बहादुर शाहिको स्वागत तथा सचिव सचिव सुष्मा खाँणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा करिव दुई सय बढि उपभोक्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्