बाणगङ्गा ८ पुलचोकमा ‘लुरे’ छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु


पालिका पत्र

२ आश्विन २०८०, मंगलवार ०९:०० मा प्रकाशित


बाणगंगा, असोज ०२ ।

कपिलवस्तुको बाणगङ्गा वडा न. ८ पुलचोकमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ । मदिरा सेवन गरेका उनले रिसको झोकमा आफ्नै बुबालाई चिर्पट दाउरा प्रहार गरेका हुन । 

मंगलबार अन्दाजी २५ वर्षीय ‘लुरे’ भन्ने छोरा भुवन दर्जीको दाउरा प्रहारबाट अन्दाजी ६२ वर्षीय बुवा बल बहादुर दर्जीको मृत्यु भएको हो । बुवा – छोराबीच विगतमा पनि झगडा हुँदै आएको थियो ।

चिर्पट दाउराले हानेपछि गम्भिर घाईते भएका बुबा बल बहादुरलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको  छ। 

लुरेलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको छ ।  घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्