केन्द्र सरकारकाे मुख ताक्नुपर्ने अवस्था कहिलेसम्म ? मुख्यमन्त्री


पालिका पत्र

३ आश्विन २०८०, बुधबार १७:२१ मा प्रकाशित

असोज ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बुधबार संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले संविधानले दिएका अधिकार पनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिन नचाहेको बताएका हुन् ।

’संघीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ’अधिकार बाँडफाँटमा संकुचित हुनुभएन । जे-जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’

मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न सबै निकायहरू बीचमा समन्वय र सहकार्य हुनुपर्ने भनाइ राखे ।

प्रतिक्रिया दिनुहोस्