स्थानीय तहका १२० कर्मचारीलाई सेवाकालीन प्रशिक्षण सुरु


९ आश्विन २०८०, मंगलवार ०८:२४ मा प्रकाशित

कपिलवस्तु, असोज ९ । स्थानीय तहका एकसय २० कर्मचारीहरुका लागि सेवाकालीन प्रशिक्षण मंगलबारदेखि सुरू भएकाे छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले ३० कार्य दिनको सेवाकालीन प्रशिक्षणका लागि छनौंट भएका कर्मचारीहरुको नामावली सार्वजनिक गरिसकेर प्रशिक्षण मंगलबारदेखि सुरू गरेकाे हाे ।

प्रतिष्ठानले १५ भदौंमा एक सूचना जारी गर्दै ३० कार्य दिनको सेवाकालीन प्रशिक्षणमा भाग लिन चाहने अधिकृत तहका कर्मचारीहरुसँग आवेदन माग गरेको थियाे । छैटौंदेखि आठौं तहसम्मका कर्मचारीहरुका लागि दिन लागिएको तालिम चार चरणमा विभाजन गरेर प्रशिक्षण सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार पहिलो समूहमा २९ जना, दोश्रो समूहमा २९ जना, तेस्रो समुहमा ३३ जना र चौथौं समूहमा २९ जना गरी कूल १२० जनालाई सेवाकालीन प्रशिक्षण दिन लागिएको हो ।

३० दिने सेवाकालीन प्रशिक्षणका लागि छनौंट भएकामध्ये पहिलो र दोश्रो समूहको असाेज ९ गते मंगलबारबाट, तेश्रो र चौथौं समूहको भने कार्तिक १० गतेबाट प्रशिक्षण सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्