कपिलवस्तुबाट ८५ प्रहरीको सरुवा, को कहाँ पुगे ?


पालिका पत्र

१७ आश्विन २०८०, बुधबार १६:०१ मा प्रकाशित

असोज १७ । प्रहरी प्रधान कार्यालयले कपिलवस्तुका ८५ जना सहित देशैभरबाट करिब ६ हजार प्रहरी जवानको सरुवा गरेको छ । आगामी कात्तिक महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जवानहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत चारजना जवानहरुको सरुवा भएको छ । जस्मा, अनोज कार्कीको जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा सरुवा भएको छ । राकेश यादवको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी गुल्म, रामशाहपथमा सरुवा भएको छ । यस्तै, राजेन्द्र सार्कीको ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा र सुमित्रा चौधरीको प्रहरी प्रभाग पुल्चोक कुपण्डोल ललितपुरमा सरुवा भएको बताइएको छ ।

यस्तै, वडा प्रहरी कार्यालय तौलिहवामा कार्यरत अविशेक बिकको गण्डकी प्रदेश प्रहरी पोखरा र उमाकान्त शर्माको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको छ । उता, वडा प्रहरी कार्यालय चन्द्रौटामा कार्यरत १२ जना जवानको समेत एकैपटक सरुवा गरिएको छ । चन्दन कुमार दुबेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), जोक प्रसाद बुढालाई प्रहरी चौकी सौरपानी गोरखा, दुर्ग बहादुर बिकलाई प्रहरी चौकी भैरवी दैलेख, पशुपती कुमार यादवलाई इलाका प्रहरी कार्यालय खानीखोला धादिङमा सरुवा गरिएको छ ।

यस्तै, वडा प्रहरी कार्यालय चन्द्रौटामा कार्यरत प्रेम थारुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी गुल्म, रामशाहपथ, बालकृष्ण थापालाई प्रहरी चौकी लिताकोट जुम्ला, रामप्रसाद रेग्मीलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा सरुवा गरिएको छ ।

विक्रम डुमे्रलाई ईलाका प्रहरी कार्यालय झिवाखोला बाग्लुङ, श्याम सुन्दर दुसादलाई गण्डकी प्रदेश प्रहरी गण पोखरा, सागर औजीलाई इलाका प्रहरी कार्यालय इसुलिया कैलालीमा सरुवा गरिएको छ । यस्तै, हिमाल बिकको शसस्त्र प्रहरी सेनामुख दैलेख, हेमन्द कुमार बिसीको नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुर बाँके सरुवा गरिएको छ ।

यसैगरि, ईलाका प्रहरी कार्यालय पिपराका अजय कुमार चौधरीको प्रहरी चौकी ताल्ती कालती धादिङ, कमल कुमार बिसीको जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई लमजुङ सरुवा भएको छ । प्रहरी चौकी ठाकुरापुरका अम्मर सिँ बोगटीको इलाका प्रहरी कार्यालय बिनायक कुची अछाम र कृष्ण कार्कीको वडा प्रहरी कार्यालय धनगढी कैलालीमा सरुवा भएको छ ।

ट्राफिक प्रहरी कार्यालय कृष्णनगरका अरुन कुमार कहारलाई ट्राफिक प्रहरी कार्यालय सुनाचरी मकवानपुरमा, ईलाका प्रहरी कार्यालय हर्दौनाका उत्तम सिंहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा, प्रहरी चौकी उदयपुरका किरण कुमालको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी गुल्म रामशाहपथमा सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तु महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रका कृष्ण बहादुर बुढाको सुदुरपश्चिम प्रदेश प्रहरी गण धनगढी, ट्राफिक प्रहरी कार्यालय तौलिहवाका खेम बहादुर चिदी मगरको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौं सरुवा भएको छ । इलाका प्रहरी कार्यालय गणेशपुरका गिरिजा प्रसाद डाँगीको प्रहरी चौकी छप्रेला ताजाकोट हुम्लामा, चिन्तामणी पोख्रेलको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा र प्रहरी चौकी बगदीका गोवन्द शाहको प्रहरी चौकी कोवाङ मुस्ताङमा सरुवा भएको छ ।

ट्राफिक प्रहरी कार्यालय कृष्णनगरका छविराम पुनको नेपाल प्रहरी शसस्त्र प्रहरी गण नंं. १ गुल्म नं. १ नक्साल काठमाडौं, ईलाका प्रहरी कार्यालय पकडीका छविलाल बुढाथोकीको गण्डकी प्रदेश प्रहरी गण पोखरामा सरुवा गरिएको छ । ट्राफिक प्रहरी कार्यालय तौलिहवाका ज्ञानु थारुको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, प्रहरी चौकी बिसनपुरका दिपक यादवको गण्डकी प्रदेश प्रहरी गण पोखरा, ईलाका प्रहरी कार्यालय चाकरचौडाका दिल बहादुर थारुको गण्डकी प्रदेश प्रहरी गण पोखरा सरुवा भएको छ ।

जिल्ला शसस्त्र प्रहरी गुल्म कपिलवस्तुका दिलिप यादवको नेपाल प्रहरी सिहंदरवार सुरक्षा गण मन्त्रालय सुरक्षा काठमाडौं, कारागार सुरक्षा गार्ड तौलिहवाका देवेन्द्र खत्रीको प्रहरी चौकी जुफाल डोल्पामा सरुवा भएको छ । जिल्ला शसस्त्र प्रहरी गुल्म कपिलवस्तुका धन प्रसाद कटवालको प्रहरी चौकी याङचु (खार्पुनाथ) हुम्ला, प्रहरी चौकी लवनीका धर्म बहादुर परियारको प्रहरी चौकी निलदह डोल्पा सरुवा भएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका नरेन्द्र खड्काको ट्राफिक प्रहरी कार्यालय भैरहवा, प्रहरी चौकी अञ्चलपुरका नरेश थारुको नेपाल प्रहरी विशेष सुरक्षा गण रातामाटे मकवानपुर, प्रहरी चौकी लवनीका नविन कुँवरको सुदुरपश्चिम प्रदेश प्रहरी बिपद् ब्यवस्थापन गुल्म, महेन्द्रनगर सरुवा भएको छ ।

ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका नुमेन्द्र पुनमगरको प्रहरी चौकी खोलेसिमल चितवन, भुवन चन्दको इलाका प्रहरी कार्यालय पाण्डौन कैलाली, राम बहादुर कार्कीको नेपाल प्रहरी बिशेष सुरक्षा गण मातामाटे मकवानपुर, प्रहरी चौकी फदवामेचकुरीका पुरुषोत्तम वलीको कारागार सुरक्षा गार्ड चितवन, इलाका प्रहरी कार्यालय कृष्णनगरका पुष्पा रोकायको नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुर बाँके सरुवा भएको छ । प्रहरी चौकी तिर्तिखाका प्रदिप नेपालीको नेपाल प्रहरी बिशेष सुरक्षा गण रातामाटे मकवानपुर, बब्लु राम लोहारको जिल्ला अदालत समन्वय तथा सुरक्षा इकाई दिपायल डोटी, इलाका प्रहरी कार्यालय हरदौनाका बल बहादुर वलीको कालिका दरवार सुरक्षा गार्ड गोरखा सरुवा भएको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरका बालकृष्ण गुरुङको प्रहरी चौकी कागबेनी मुस्ताङ, प्रहरी चौकी गुलरीबिजुवाका बालकृष्ण लम्सालको प्रहरी चौकी आग्रीगाउँ सुर्खेत, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयनका बिक्रम जिएमको इलाका प्रहरी कार्यालय लिमी हुम्ला, प्रहरी चौकी बेदर्मीका बिक्रम बिकको सशस्त्र प्रहरी सेनामुख सल्यान, इलाका प्रहरी कार्यालय कोपवाका बिजय कुमार धोवीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय महिला ट्राफिक प्रहरी गुल्म, रामशाहपथ सरुवा गरिएको छ ।

प्रहरी चौकी रंगपुरका बिजय सिंह लोधको गण्डकी प्रदेश प्रहरी गण पोखरामा, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाइका भुवन केसीको प्रहरी प्रभाग ताथली भक्तपुर, प्रहरी चौकी गजेहडाका मान बहादुर ठगुन्नाको जिल्ला ट्राफिक कार्यालय बर्दिया सरुवा गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालय कृष्णनगरका मीन बहादुर घर्तीको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ गुल्म नं. ३ नक्साल काठमाडौं, इलाका प्रहरी कार्यालय महाराजगंजका मिलन खप्तडीको बागमती प्रदेश प्रहरी गण हेटौंडा मकवानपुर, प्रहरी चौकी बिरपुर रुद्रपुरचोक मोहन बुढामगरको नेपाल प्रहरी बिशेष सुरक्षा गण मातामाटे मकवानपुर, इलाका प्रहरी कार्यालय गणेशपुरका युवराज बोहराको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आर्थिक प्रशासन शाखामा सरुवा गरिएको छ ।

प्रहरी चौकी बनकसियाका रमित वलीको नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतारा तनहुँ, प्रहरी चौकी तुल्सिपुर बलुहवाका रमेश कुमार यादवको कारागार सुरक्षा गार्ड गोरखा, प्रहरी चौकी पथ्थरकोट घनचौराका रमेश कुमार सुवेदीको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत महिला बालबालिका तथा जेष्ठनागरिक शाखामा सरुवा गरिएको छ ।

इलाका प्रहरी कार्यालय चाकरचौडाका रमेश कोहारको प्रहरी चौकी महादेबबेशी धादिङ, ईलाका प्रहरी कार्यालय पिपराका रमेश सार्कीको नेपाल प्रहरी बिशेष सुरक्षा गण कोहलपुर बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका राजु हितांगको सशस्त्र प्रहरी सेनामुख पर्वत, विर बहादुर बुढाको प्रहरी चौकी नयाँपुल कास्की सरुवा गरिएको छ ।

इलाका प्रहरी कार्यालय पकडीका रामचन्द्र घर्तीमगरको इलाका प्रहरी कार्यालय दसेरा जाजरकोट, प्रहरी चौकी कुशहवा बढनीका रुपलाल वलीको नेपाल प्रहरी बिशेष सुरक्षा गण मातामाटे मकवानपुर, प्रहरी चौकी चौधहवाका सन्तोष बिकको बागमती प्रदेश प्रहरी गण हेटौंडा, ट्राफिक प्रहरी कार्यालय तौलिहवाका सन्त बहादुर बिकको नेपाल प्रहरी प्रधान कार्य बिभाग सवारी चालक ईकाई नक्साल काठमाडौं सरुवा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका विशाल जिसीको नेपाल प्रहरी विपद्् ब्यवस्थापन कार्यालय विपद् उद्धार कार्यदल २ सामाखुसी काठमाडौं, शेर बहादुर रसाईलीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, सन्तोष कुर्मीको प्रहरी चौकी भुर्तुङ गुल्मी र हस्त बहादुर पुनको ट्राफिक प्रहरी परिसर भक्तपुर सरुवा गरिएको छ । ट्राफिक प्रहरी कार्यालय कृष्णनगरका सन्दीप गोडियाको नगर प्रहरी कार्यालय भक्तपुर, जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई कपिलवस्तुका समिर घर्तीमगरको प्रहरी चौकी फेदीखोला स्याङजा, हरीशंकर हरिजनको गण्डकी प्रदेश प्रहरी गण पोखरा सरुवा गरिएको छ ।

ईलाका प्रहरी कार्यालय पिपराका सरोज बिष्टको शसस्त्र प्रहरी सेनामुख बझाङ, प्रहरी चौकी हथिहवा दोहनीका सरोज श्रेष्ठको जिल्ला प्रहरी कार्यालय हुम्ला खोज तथा सुचना संकलन शाखामा सरुवा भएको छ । प्रहरी चौकी चौधहवाका सुरेश सुवेदीको जिल्ला प्रहरी कार्यालय दैलेख उजुरी छानविन शाखा, ईलाका प्रहरी कार्यालय पकडीका हरी नेपालीको नेपाल प्रहरी बिशेष सुरक्षा गण सुनवल पश्चिम नवलपरासी, ईलाका प्रहरी कार्यालय चाकरचौडाको हरीहर रेग्मीको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्