अन्ततः बाणगंगाका दुई बहिनी कै ज्यान गयो


पालिका पत्र

१७ आश्विन २०८०, बुधबार २१:०३ मा प्रकाशित

कपिलवस्तु, असोज १७ । कपिलवस्तुको बाणगंगामा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रितिका क्षेत्री र ८ वर्षिय इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो । उनीहरु दुबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. डा.नेत्रबहादुर रानाले जानकारी दिुन भयो ।

३ वर्षीया रीतिका क्षेत्रीको बिहान मृत्यु भएको थियो भने ८ वर्षीया इशिका क्षेत्रीको भने बार साँझ करिब ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताउनुभयो । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्