खेलाडिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फुटबल सघं कपिलवस्तु र चन्द पोलिक्लिनिक बिच सम्झौता


पालिका पत्र

१९ आश्विन २०८०, शुक्रबार १९:४८ मा प्रकाशित


असोज, १९ ।
कपिलवस्तु जिल्ला फुटबल संघ र चन्द पोलिक्लिनिक बिच सेवाको लागी सम्झौता भएको छ । फुटबल संघ सँग चन्द पोलिक्लिनिकले संघका सदस्य, खेलाडीहरू र उनीहरूको परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि सम्झौता भएको हो ।

सम्झौता पत्रमा चन्द पोलिक्लिनिकका तर्फबाट कपिलवस्तुका ११ खेलाडीहरूलाई फार्मेसी बाहेक उपचारमा निःशुल्क गर्ने, खेलाडीहरूको परिवारहरूलाई फार्मेसी बाहेक अन्य उपचारमा २० प्रतिशत छुट दिने सर्तहरू कायम गरिएको छ । यस्तै संघका तर्फबाट चन्द पोलिक्लिनिकका लाई हरेक क्रियाकलापमा मेडिकल पार्टनरको रुपमा राख्नुपर्ने र अन्य विषयहरू आपसी सहमतिका आधारमा गरिने गरि सम्झौता गरिएको हो ।

जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापा र चन्द पोलिक्लिनिकका सञ्चालक दिपेन्द्र चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जिल्ला फुटबल सघ र चन्द पोलिक्लिनिक बिच २ वर्षको लागी लागू हुने गरि सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्