न्यायिक समितिको सेवाबारे स्थानीय अझै अनविज्ञ


पालिका पत्र

४ कार्तिक २०८०, शनिबार ०७:५१ मा प्रकाशित

गुल्मी, ०४ कात्तिक । रेसुङ्गा नगरपालिकाको न्यायिक समितिमा १० वटाभन्दा कम मुद्दा दर्ता भएको छ । सो मुद्दाको दोस्रो पटककको निर्वाचनपछि दर्ता भएको संख्या हो ।

नगरपालिकाका स्थानीय बासिन्दालाई न्यायिक समितिको कामबारे जानकारी नहुँदा कम मुद्दा दर्ता भएको पालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी अमृतादेवी कुँवरले बुझाइ छ । आफू निर्वाचित भएर आएसँगै स्थानीय बासिन्दालाई यसबारे जानकारी दिँदै आएको उनले बताइन् । पछिल्लो समय केही मात्रामा मुद्दा दर्ता गर्नेको संख्या बढेको उनको दावी छ ।

न्यायिक समितिमा कम मुद्दा दर्ता भए पनि पालिकाभित्र मेलमिलाकर्तालाई तालिम दिएर सूचीकृतसमेत गरिएको उनले बताइन् । उनका अनुसार पालिकाभित्रका १४ वटै वडामा मेलमिलापकर्ताको व्यवस्था गरेको छ । नगरपालिकाले उनीहरूलाई पुनः तालिम दिने उनले बताइन् ।

नगरपालिकामा साँध सिमाना, बाटो निर्माण, घरायसी झगडालगायत विषयमा मुद्दा दर्ता भएका छन् । समितिमा दर्ता भएको मुद्दाको मेलमिलापकर्तामार्फत तथा छलफलमार्फत समाधान गर्दै आएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्