स्थानीय सरकारको ध्यान फूल खेतीमा केन्द्रीत हुँदै


पालिका पत्र

१३ कार्तिक २०८०, सोमबार १८:२९ मा प्रकाशित

पाल्पा, कत्तिक १३ ।

पछिल्लो समयमा शैक्षिक संस्था र स्थानीय सरकारको ध्यान फूल खेतीमा केन्द्रीत हुँदै गएको छ ।

पाल्पाको तानसेन नगरपालिका ९ मा रहेको मदनपोखरा बहुप्राविधिक शिक्षालयको सहयोगमा विद्यार्थीहरूले ४ रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेका छन् ।

पढेको कुरा व्यवहारमा कार्यान्वयन गरेसँगै खर्च जुटाउन पनि आफूहरूलाई सजिलो भएको एकजना विद्यार्थी सिजन खत्रीले बताउनुभयो ।

फूलबाट राम्रो आम्दानी हुने भएपछि पाल्पाका शैक्षिक संस्था र विद्यार्थी मात्रै नभइ सर्वसाधारण नागरिक पनि घरका बगैचादेखि बारीसम्म व्यावसायिक फूल खेतीमा लाग्न थालेका छन् ।

स्थानीय सरकारले पनि फूल खेतीमा सहयोग गरिरहेको तानसेन नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिनुभयो ।

पुष्प व्यवसायी महासङ्काअनुसार नेपालमा बर्सेनि एक अर्बभन्दा बढीको फूलको कारोबार हुने गरेको छ ।

देशभर झण्डै ४० हजार घरपरिवारले व्यावसायिक फूल खेती र बिक्रीवितरण गरेर प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएको कृषि विभागको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्