मध्यरातमा जनता सडकमा, ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि


पालिका पत्र

१८ कार्तिक २०८०, शनिबार ००:३० मा प्रकाशित

कपिलवस्तु, कात्तिक १८ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

भूकम्प गएको थाहा पाउना साथ मध्यरातमा कपिलवस्तुका प्राय सबै जनता बाटोमा निस्किएका छन् ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का कपिलवस्तुका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्