भूकम्प अपडेटः जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि


पालिका पत्र

१८ कार्तिक २०८०, शनिबार ०७:३१ मा प्रकाशित

काठमाण्डौ, कात्तिक १८ । गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि धनजनको ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्