जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु, मृतक सङ्ख्या १ सय ३६ पुग्यो


पालिका पत्र

१८ कार्तिक २०८०, शनिबार १३:२५ मा प्रकाशित

रुकुम, कात्तिक १८ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको छ ।

जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेतका अस्पतालहरूमा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्