कपिलवस्तुमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने, पटका पड्काए कारवाही गरिने !


पालिका पत्र

२४ कार्तिक २०८०, शुक्रबार १९:३९ मा प्रकाशित

कार्तिक २४ । कपिलवस्तुमा राती ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बुधबार एक विज्ञप्ति जारी गर्दै राती ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध गरेको हो ।

प्रशासन कार्यालयले देउसी तथा भैलो लगायतका सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरू राती ९ बजेसम्म मात्र सञ्चालन गर्न र सो समय पश्चात् अनिवार्य रूपमा बन्द गर्ने निर्देशन गरेको छ ।

बुधबार तिहार लक्षित निर्देशन जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले कुनै पनि आतिसबाजी, पटका, भुईचम्पा लगायतको विस्फोटक पदार्थ बिक्री वितरण गर्न नपाइने, जुवातास खेल्न नपाइने निर्देशन जारी गरेका छन् । प्रशासनले तोकेको कार्य विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने उल्लेख गरेको छ ।

प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, बिक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न आग्रह गरेको हो ।

जुवा, तास खेल्ने खेलाउने जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्न विज्ञप्तीमार्फत् नागरिकहरूमा अनुरोध गरेको छ ।

सहायक प्रमूख जिल्ला अधिकारी अनिल पौडेलद्धारा हस्ताक्षरित सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले तिहारको शुभकामना दिदै यो पर्वका नाममा जुवातास, तथा जुवाजन्य कुने पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्