‘भाइटिकाको उपहार : दिदी–बहिनीलाई चढाऔं केबलकार’ नारा सहित लुम्बिनी केबलकार भाइ टिकाको दिन पनि चल्ने


२७ कार्तिक २०८०, सोमबार ०९:०२ मा प्रकाशित

बुटवल । ‘भाइटिकाको उपहार ः दिदी–बहिनीलाई चढाऔं केबलकार’ नारा सहित लुम्बिनी केबलकार भाइ टिकाको दिन पनि सञ्चालन हुने भएको छ । हिन्दु नेपालीहरुका महान चाड दशैं, तिहार,नेपाल सम्बत र छठलाई लक्षित गरी ल्याएको चाडपर्व अफर समेत जारी रहेको र भाइटिकाको अवसरमा दाजु भाइहरुले आफ्ना दिदी बहिनीहरुलाई केबलकर चढाउन पाउन् भन्ने उद्देश्यले भाइ टिकाको दिन पनि केबलकार सञ्चालन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

केबलकारले असोज २१ गतेदेखि साविक टिकट दरमा ४० प्रतिशत छुटसहित चाडपर्व अफर समेत सञ्चालन गरेको छ । यो अफर अनुसार शनिबार वाहेक अन्य ६ दिनमा टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ । चाडपर्व अफर मंसिर ३ गते छठसम्म मात्रै रहने भएकाले पछिल्ला दिनहरुमा केबलकार चढ्न आउनेको संख्या बढेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिएको छ ।केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र दुर्गा भगवतीको सय वर्ष पुरानो मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्