मुक्तिनाथ मन्दिरको स्वरुपमा १४ औं कपिलवस्तु महोत्सवको गेट बन्ने


पालिका पत्र

६ मंसिर २०८०, बुधबार १८:४४ मा प्रकाशित

कपिलवस्तु, मंसिर ०६ । मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मालम्वीहरुको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ) ‘सय पानी’ भन्दछन । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ ।

शालिग्राम पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनीय मानिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदीमा पाइन्छ । यस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ ।

यही धार्मिक तथा पौराणिक महत्व बोकेको मुक्तिनाथ मन्दिरको गेट चारनम्बरको बुद्ध रंगशालमा यही मंसिर २१ देखि पुस १ गतेसम्म हुने १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा मुख्य गेट मुख्य आकर्षणको रुपमा रहने भएको छ ।

बाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार खाँणले मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बीहरु तीर्थाटनको लागि जाने भएकाले पर्यटन प्रवद्र्धन र प्रचार प्रसारमा योगदान गर्न महोत्सवको आकर्षणको रुपमा मुक्तिनाथको गेट राखिन लागेको बताए । खाँणले नेपालका ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको प्रचार प्रसार गर्ने उद्देश्यले यो पटक मुक्तिनाथको गेटलाई महोत्सवको मूलद्वारको रुपमा राखिने बताए ।

महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले महोत्सवमा गेट मुक्तिनाथको गेट झल्कने गरी बनाइने बताए । कपिलवस्तु, छिमेकी जिल्लाहरु, रुपन्देही, अर्घाखाँची, गुल्मी, दाङ, पाल्पा र छिमेकी राष्ट्र भारत लगायत स्थानबाट महोत्सव अवलोकन गर्न आउने दर्शकका लागि मुक्तिनाथको झल्को दिने र गेटको निर्माण दक्ष कालिगणले रोकाहाले बताए ।

प्रतिक्रिया दिनुहोस्