सुपा देउराली मन्दिरले भेटीबाट सङ्कलित १ लाख ५१ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने


पालिका पत्र

११ मंसिर २०८०, सोमबार १२:१५ मा प्रकाशित

अर्घाखाँची, मंसिर ११ । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ ।मन्दिर संरक्षण समितिको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो ।

मन्दिर समितिका अध्यक्ष फर्शबहादुर केसीको अध्यक्षतामा बसेको बैठकले जिल्ला दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

२०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।

प्रतिक्रिया दिनुहोस्