तिलोत्तमाका नगरप्रमुखलाई पुतलीबजारका नगरप्रमुखको एक डोको सुन्तला उपहार


पालिका पत्र

११ मंसिर २०८०, सोमबार १३:२८ मा प्रकाशित

रुपन्देही, मंसिर ११ । स्याङ्जाको पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मी एक डोको सुन्तलासहित तिलोत्तमा नगरपालिका पुगेका छन् । नगरप्रमुख रेग्मी तिलोत्तमाको अवलोकन गर्न एक डोको सुन्तलासहित पुगेका हुन् ।

पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरीलाई मायाको चिनो स्वरुप सुन्तलाले भरिेएको डोको हस्तान्तरण गरेका थिए ।

भेटमा दुबै पालिकाबीच आगामी दिनमा सहयोग समन्वय र सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जाहेर गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्