महोत्सवको हिसाब किताबमा पारदर्शिता गर्छौः आर्थिक संयोजक पाण्डे


पालिका पत्र

११ मंसिर २०८०, सोमबार १८:२८ मा प्रकाशित

जितपुर, मंसिर ११ । बाणगंगा वेयलफेयर सोसाइटीले यही मंसिर २१ देखि पुष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी गर्ने भएसँगै महोत्सवको तयारी दुर्त रुपमा अघि बढीरहेको छ । महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न फजुल खर्चमा मितब्ययीता, आर्थिक पारदर्शिता गरिने आर्थिक तथा लेखा व्यवस्थापन संयोजक मोहन पाण्डेले बताए ।

पाण्डेले बाणगंगाका बौद्धिक अगुवाहरुको नेतृत्वमा थालिएको महोत्सवलाई निरन्तरता दिँदै यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाई सामाजिक कार्य गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।

पाण्डेले महोत्सवबाट बचत भएको रकम सामाजिक क्षेत्रमा खर्चिने बताए । पाण्डेले १४ औँ कपिलवस्तु महोत्सवको सम्पुर्ण आर्थिक कारोबार महोत्सव सम्पन्न भए लगत्तै सार्वजनिक गरिने बताए ।

यस पटकको १४ औं कपिलवस्तु महोत्सवमा १४ औं कफिलवस्तु महोत्सवका १२ औैं कपिलवस्तु डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी विभिन्न झाँकी प्रदर्शनीलगायतका विभिन्न आकर्षकहरु महोत्सवका रहेका छन् ।

यसैबीच यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा सक्रिय क्लबको रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्