बाणगंगामा बसको ठक्करबाट एक किशोरीको मृत्यु, एक जना घाइते


पालिका पत्र

१२ मंसिर २०८०, मंगलवार ०८:३२ मा प्रकाशित

कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुको बाणगंगामा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मंगलबार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले ठक्कर दिदाँ साइकलमा सवार रहेका दुई जना माध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाइ बस्ने अन्दाजी वर्ष १८/१९ की सृष्टी बि.सीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताउनुभयो । उहाँका अनुसार साइकलमा सवार वर्ष ४४ की निर्मला बि.सी घाइते हुनुभएको छ । उहाँको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

साइकलमा सवार रहेका उनीहरुलाई बसले बाणगंगा नरपालिका वडा नम्बर ४ बुङ्चिमा ठक्कर दिएको हो । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्