![](https://i0.wp.com/palikapatra.com/wp-content/uploads/2023/12/sandhikharka_bazar_1OeCzme1Vy.jpg?fit=800%2C442&ssl=1)
कपिलवस्तु, मंसिर १९ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकमा राखिएका होर्डिङ बोर्ड हटाउन सडक डिभिजन कार्यालय शिवपुरले सात दिने सूचना जारी गरेको छ । सडक डिभिजन कार्यालयले सडकको दायाँबायाँ तथा आवतजावतमा प्रभावित पार्ने गरी राखिएका होर्डिङ बोर्ड हटाउन सूचना जारी गरेको हो ।
दुर्घटना निम्ताउने गरी विभिन्न सङ्घ–संस्था, कम्पनी र व्यक्तिले राखेका होर्डिङ बोर्ड सात दिनभित्र हटाउन भनेको र नहटाए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो ।