१२ औं कपिलवस्तु डान्स आइडलका १३ प्रतिस्पर्धी, जसले उचाल्ने छन उपाधि


पालिका पत्र

२१ मंसिर २०८०, बिहीबार ०७:१३ मा प्रकाशित

पालिका पत्र जितपुर, मंसिर २१ ।  १४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहने १२ औं कपिलवस्तु डान्स आइडलको फाइनल अडिसन सकिएको छ । 

मंगलबार भएको फाइनल अडिसनमा २४ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुति राखेसँगै प्रतियोगी छनोट  गरिएको डान्स आइडल संयोजक खडक बहादुर क्षेत्रीले बताए । 

उनका अनुसार २४ जनामध्ये १२ जना फाइनल अडिसनबाट बाहिरिएका छन् भने १३ जनाले १२ औं कपिलवस्तु डान्स आइडलको प्रतिस्पर्धीको रुपमा मञ्चमा आआफ्नो प्रस्तुति दिने छन् । फाइनल अडिसनमा छनोट भएका १३ जना प्रतिस्पर्धीहरूले २२ गतेबाट स्टेजमा प्रस्तुति राख्ने उनले जानकारी दिए । 

क्षेत्रीले टप १३ मा पर्नेहरूमा मेनिसा छहरी, अल्का नेपाली, स्मृती जैसी, सम्झना वि,क, अन्जु परियार, रमेश थारु, मेनिसा राना, समयारा चौधरी, सन्ध्या खनाल, विहान कार्की, विशेषता झेंडी, प्रिसिका खाँण, अंशु कँडेल रहेको जानकारी दिए । मंसिर ५ गतेबाट सुरु भएको अडिसन मंसिर १९ गते सकिएर १३ जना छनोट गरिएको हो ।

डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले आगामी दिनका लागी प्रतिस्पर्धीलाई शुभकामना दिदैँ आफूमा निहित कला, क्षमतालाई आत्मविश्वासका साथ स्टेजमा प्रस्फुटन गर्न आग्रह गरे । उनले १४ औं कपिलवस्तु महोत्सवको स्टेज आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण स्थान भएको बताए । उनले यसै स्टेजबाट आफ्नो नृत्यमा निखारता ल्याउँदै भविष्यमा राम्रो डान्सरको स्थापित हुन सकिने बताए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा हुने छ ।

प्रतिक्रिया दिनुहोस्