१४ औं कपिलवस्तु महोत्सवमा शुक्रबार अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता र अनु चौधरीसँगै यी कलाकार आउने


पालिका पत्र

२१ मंसिर २०८०, बिहीबार २२:३७ मा प्रकाशित

जितपुर, मंसिर २१ । एक विशेष समारोहकाबीच आजबाट सुरु भएको १४ औं कपिलवस्तु महोत्सवमा शुक्रबार २२ गते अन्तर्राष्ट्रिय रेसलिङ्ग प्रतियोगिता, गायिका अनु चौधरी, प्रिन्स लम्साल, रमेश निर्दोश, संगिता चितौरीको प्रस्तुती रहने भएको छ  । बाणगंगाको बुद्धरंगशालामा जारी महोत्सवमा शुक्रबार स्थानिय कलाकार १२ औं कपिलवस्तु डान्स आइडलमा टप १३ मा पर्न सफल प्रतियोगीहरुको समेत प्रस्तुति रहने डान्स आइडल संयोजक खडक क्षेत्रीले बताए ।

महोत्सवमा पहिलोपटक रेस्लिङ प्रतियोगिता पनि हुँदैछ यस प्रतिगोगिताले लुम्बिनी प्रदेशभर चर्चा बटुलेको छ । महोत्सवमा रेस्लिङ इतिहासमै पहिलो भएको हुनाले धेरैले प्रतिक्षा गरेर बसेका छन् । महोत्सवको बिहीबार भव्य सव्य समारोहकाबीच माननीय चन्द्र भण्डारीले गरी सकेका छन् । 

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु 

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्