कपिलवस्तु महोत्सवमा आज पनि रेस्लिङ, फायर म्याचमा लेडी ड्रयागन


पालिका पत्र

२३ मंसिर २०८०, शनिबार १३:०१ मा प्रकाशित

जितपुर, मंसिर २२ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा आज रेस्लिङको हार्ड कोर म्याच हुने भएको छ ।

बुद्ध रंगशालामा हिजो पनि रेस्लिङ भएकोमा आज पनि रेस्लिङ हुने भएको हो । आज नेपालकै चर्चित तथा नेपालको नम्बर वान हार्ड कोड च्याम्पियन मुना श्रेष्ठ (ड्यागन लेडी) भीँड्नेछिन् । उनको प्रतिस्पर्धा भारतका रेस्लरसंग हुने छ । त्यसअघि नेपाल र भारतका खेलाडीका बिभिन्न खेल हुनेछन् ।

आज साढे २ घण्टा ४ फाइट हुने बताइएको छ । हिजो भएको खेलबाट धेरै दर्शक प्रभावित भएका छन् । कतिपय दर्शक वनभोज छोडेरै आएका थिए । महोत्सवमा रेस्लिङ हुने भएपछि लुम्बिनी प्रदेशमै यसको चर्चा भएको छ । यस्तै रामजि खाँण, अनु चौधरी लगायतको पनि प्रस्तुति हुने आयोजक बताउँछन् ।

साथमा महोत्सवमा कृषि, हस्तकला, प्रविधि, पर्यटन, दैनिक उपभोग्य सामाग्री तथा लत्ता कपडा आदिको प्रदर्शनी, डान्स आइड, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहने बताइएको छ । करिब ३ सय स्टल रहने महोत्सवको तयारी धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्