जितपुर, मंसिर २३ । बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा बिहीबारबाट सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीकोतेश्रो दिन आज पनि बिभिन्न प्रस्तुति रहने भएका छन् ।
शुक्रबार ४ हजार बढी दर्शकले अवलोकन गरेको महोत्सवमा शनिबारको समयलाई लिएर रेस्लिङ, सांस्कृतिक कार्यक्रम पनि छन् । आज रेसलिङ्गका तीनवटा खेल हुनेछन् ।
सांगितिक कार्यक्रमतर्फ लोक दोहोरी गायक रामजी खाँण, अस्मिता डल्लकोटी, अनु चौधरी, अफसर अलीसँगै स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।