१४औं कपिलवस्तु महोत्सवमा आज आइतबार चर्चित गायिका अस्मिता अधिकारी सँगै यी कलाकार आउँदै


पालिका पत्र

२४ मंसिर २०८०, आईतवार १०:३३ मा प्रकाशित

बाणगंगा । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा भएको १४ औं कपिलवस्तु महोत्सवको चौथो दिन आज आईतबार चर्चित गायिका अस्मिता अधिकारीसहितका कलाकारको बेजोड प्रस्तुति रहने भएको छ ।

बाणगंगाको बुद्ध रंगशालमा आज आईतबार अधिकारीसंगै चर्चित लोक दोहोरी गायक श्याम राना, हास्य तथा लोकदोहोरि गायक उज्वल गिरी, वर्षा थापा लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश) ले जानकारी दिए ।ramji khand.jpg

शनिबार नेपाल र भारतका रेसलरहरुको प्रतियोगिता, चर्चित लोक दोहोरी गायक रामजी खाँण, गायिका अस्मिता डल्लाकोटी, गायिका अनु चौधरी, गायक अफ्सर अली लगायत स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।खाँण लगायतका कलाकारहरुसँगै दर्शक झुमेका थिए । मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ ।resling shrestha.jpg

तेस्रो दिन शनिबार खचाखच दर्शक

१४ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन अर्थात शनिबार करिब ८ हजार दर्शकले अवलोकन गरेको र करिब १० लाखको कारोबार भएको छ। महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवको तेस्रो दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको जानकारी दिए ।

शनिबार चर्चित लोक दोहोरी गायक रामजी खाँण, चर्चित लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी, गायिका अनु चौधरी,  अफ्सर अली, १२ औंं कपिलवस्तु  डान्स आईडलका टप १३ प्रतियोगीसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेको संयोजक खाँणले बताए । शनिबार पनि रेस्लिङ्ग प्रतियोगितको फाईनल खेल भएको जानकारी दिदैं उनले सो प्रतियोगितामा समेत उल्लेख्य मात्रामा दर्शकको आगमन भएको बताए ।

शुक्रबार लोकदोहोरी गायक प्रिन्स लम्साल, रमेश निर्दोश र लोक दोहोरी गायिका संगिता चितौरेले आफ्नो प्रस्तुति राखेका थिए ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु 

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्