बोर्डगाँउमा सेफ्टी ट्याङ्कीभित्रबाट उद्धार गरिएको शिशुको मृत्यु, आमा थुनामा 


पालिका पत्र

२६ मंसिर २०८०, मंगलवार १५:०४ मा प्रकाशित

बाणगङ्गा, मंसिर २६ । कपिलवस्तुको बाणगङ्गा ८ बोर्डगाँउ स्थित धर्मकाँटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ । बच्चाको  प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।  बच्चालाई बोर्डगाँउकै एक महिलाले जन्म दिएर सेफ्टी ट्याङ्कीमा फालेकी थिईन् ।

देवकला भुसालको घरको पछाडिको सेफ्टी ट्याङ्कीबाट शिशु फेला परेको हो । बिहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछि हेर्न जादा फेला पारेर पिपरा अस्पताल पुर्‍याएपछि प्रहरीलाई खबर गरिएको जनाईएको छ ।

अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछि शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।  प्रहरीले सोही घरभित्रबाट थप प्रमाण समेत फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्