कपिलवस्तु महोत्सवः २७ गते बहुचर्चित गायक प्रमोद खरेलसँगै चार कलाकारको प्रस्तुति रहने


पालिका पत्र

२६ मंसिर २०८०, मंगलवार २१:५४ मा प्रकाशित


जितपुर, मंसिर २६ । 
बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको सतौँ दिन चर्चित तथा सबैका लोक प्रिय गायक प्रमोद खरेल लगायतका कलाकारले दर्शकहरूलाई नचाउने भएका छन् ।  खरेल नेपाली चर्चित आधुनिक गायक हुन् । उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन् । खरेलले हालसम्म विभिन्न किसिमका २ हजार भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन् ।   

बुधबार महोत्सवमा बहु चर्चित गायक खरेलसँगै राजु गुरुङ, सपना गाह, दीपक दर्लामी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका टप ८ प्रतियोगीहरूको समेत बेजोड प्रस्तुती रहने बताए । 

महोत्सवका छैटौँ दिन अर्थात मंगलबार ७ हजार बढी दर्शकहरूले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए ।   रोकाहाले महोत्सवमा करिब २० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सवमा दर्शकहरूको न्यानो माया र साथ थप पाउँदै गएको बताए ।

यस्तै महोत्सवको मंगलबार चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल, अलिफ खान, नारायण विपी परियार लगायतको बेजोड प्रस्तुतीसँगै बुद्ध रङ्गशाला तातेसँगै दर्शकहरू झुमेका थिए । महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहेको र समयरा चौधरी बाहिरिएको १२ औं कपिलवस्तु डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।

डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले १२ औं कपिलवस्तु डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, र राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिस्पर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने बताए ।

१४ औं कपिलवस्तु महोत्सवका आकर्षणहरू 

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल भएको छ । महोत्सवको पुष १ गते समापन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्