स्वमूल्याङ्कन नतिजामा बुद्धभूमि देशका ७ सय ५३ पालिकामै पहिलो


पालिका पत्र

२८ मंसिर २०८०, बिहीबार ०५:०२ मा प्रकाशित

कपिलवस्तु । स्वमूल्याङ्कन नतिजामा कपिलवस्तुको बुद्धभूमि नगरपालिका मुलुकमै पहिलो नगरपालिका बनेको छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमुल्याङकनको रुपमा नतिजा पठाउनुपर्ने संवैधानिक नियम छ ।

त्यसैमा टेकेर बुद्धभूमि नगरपालिकाले आ.व. ०७९०८० स्वमुल्याङकन ८० मंसिर २७ गते सार्वजनिक गरेर मुलुकमै पहिलो पालिका भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ । सार्वजनिक भएको स्वमुल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय समितिले जानकारी दिएको छ ।

नतिजा सार्वजनिक भएपछि नगरप्रमुख केशव कुमार श्रेष्ठले खुसी ब्यक्त गरेका छन् । पालिकापत्र संग कुराकानी गर्दै नगरप्रमुख श्रेष्ठले हरेक काम आफूहरुले समयमा नै गर्ने गरेको बताए । स्वमुलयांकन पनि समयमै पठाएको तर पहिलो हुने ठानेर नपठाएको जनाउँदै नगरप्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको जनाए ।

विगतमाभन्दा यसपटक नगरमा धेरै राम्रा काम हुँदै गइरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले आगामी ३ बर्षभित्र नगरपालिकालाई धेरै कुरामा विकास गर्ने बताए । जिल्लाका १० वटा स्थानीय तहमधये सबैभन्दा राम्रो काम गरेको पालिकाको रुपमा बुद्धभूमि नगरपालिका रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्