१४ औं कपिलवस्तु महोत्सवमा आज चर्चित पाँच कलाकार


पालिका पत्र

२९ मंसिर २०८०, शुक्रबार ०९:०७ मा प्रकाशित

बाणगङ्गा, मंसिर २९ । बाणगङ्गा वेलफेयर सोसाइटीको आयोजनामा भएको १४ औं कपिलवस्तु महोत्सवको नवौं दिन आज शुक्रवार चर्चित ५ जना कलाकारले प्रस्तुति दिने भएका छन् । जसमा गायक रमेशराज भट्टराई, मेलिना राई, पशुपति शर्माको विषेश प्रस्तुति रहने छ । यस्तै गायिका विष्णु श्रीपालि, गायक अभिषेक खड्काले माहोल तताउने आयोजकले जनाएको छ । 

बाणगंगाको बुद्ध रंगशालमा हिजो विहिवार चर्चित लोक दोहोरी गायक प्रकाश दुतराजले दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । यस्तै  मञ्जु भट्टराई, दीपक गरौजा, जिया भुसाल बाल कलाकार लगायतको बेजोड प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्