मोनिका राना बनिन् १२ औं कपिलवस्तु डान्स आइडल 


पालिका पत्र

२ पुष २०८०, सोमबार ११:३१ मा प्रकाशित

जितपुर, पौष २ ।
१२ औं कपिलवस्तु डान्स आइडल को उपाधि मोनिका रानाले हात पारेकी छिन्‌ । रानाले फाइनलमा पुगेको अन्य ३ प्रतिस्पर्धीलाई पछिपार्दै उपाधि हात पारेकी हुन्‌ ।

उपाधि हात पारेसंगै उनले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी एवम्‌ विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन्‌ ।यस्तै विहान कार्की द्धितीय, प्रिन्सिका खाँण तृतीय र मेनिसा छहारी सान्त्वना भएकी छिन्‌ । 

द्धितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीयले ५५ हजार ५ सय ५५ रुपैयां र सान्तवना हुनेले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्‌ ।

बाणगङ्गा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको १४ औं कपिलवस्तु महोत्सव एवम्‌ कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको  पौष १ गते  समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्