लागू औषधको अखडा, चिर्दै पिपरा प्रहरीः करिब ९ ग्राम ब्राउनसुगर सहित थप एक जना पक्राउ


पालिका पत्र

४ पुष २०८०, बुधबार १९:१२ मा प्रकाशित


कपिलवस्तु, पौष ०४ ।
लागू औषधको अखडा चिर्न तम्सिएको पिपरा प्रहरीले ८ ग्राम ८९० मिलिग्राम ब्राउनसुगर सहित थप एक जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर  ९ बस्ने अन्दाजी २५ वर्षका युवराज थारूलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।


अहिले सम्मकै ठूलोमात्रामा ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ११ भैसटा  स्थितमा पचेहरा –  वरोहीया सडक खण्डबाट उनलाई पक्राउ गरिएको हो । 


लु २५ प २७०६ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई राखेर पूर्व देखी पश्चिम तर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् । उनलाई अदालतबाट  ५ दिनको म्याद थप गरि थप अनुसन्धानका लगी हिरासतमा राखिएको प्रहरीको भनाई छ । 

प्रहरी निरीक्षक रायमाझी पिपरा आएदेखि अहिले सम्म करिब २९ ग्राम लागू औषध सहित ३० जना पक्राउ परेका छन् । यस्तै १६ जनालाई मुद्दा दर्ता गरेर थप कारवाहीका लागि अगाडि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्