बर्दघाट नगरपालिकाले १६ वटा वडालाई पकेट क्षेत्र घोषणा गर्ने, ६० लाख विनियोजन


पालिका पत्र

४ पुष २०८०, बुधबार १९:२७ मा प्रकाशित

नवलपरासी, पौष ०४ । बर्दघाट नगरपालिकाले उत्पादनका आधारमा सबै वडालाई पकेट क्षेत्र घोषणा गर्ने भएको छ ।कृषकहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरी आम्दानी बढाउनको लागि नगरपालिकाले पकेट क्षेत्र बनाउन थालेको हो । बर्दघाट नगरपालिकामा १६ वटा वडा रहेका छन् ।

नगरपालिकाको वडा नम्बर १,१२,१३ लाई मकै पकेट क्षेत्र वडा नम्बर ८, ११, १२ लाई गहुँ बाली र वडा नम्बर ६ र ३ लाई तोरी पकेट क्षेत्रको रुपमा बिकास गरिने कृषि प्राविधिक खुमाकान्त न्यौपानेले बताए ।

वडा नम्बर २ र ७ लाई मह पकेट क्षेत्रको रुपमा किसानलाई घार लगायत अन्य कुरामा सहुलियत प्रदान गरिने नगरपालिकाले जनाएको छ । वडा नम्बर १५ लाई आलु पकेट क्षेत्रको रुपमा बिकास गर्ने गरी काम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

यसै गरी वडा नम्बर २,५,१० र १६ लाई बाख्रा पालनका लागि उपयुक्त मानिएकाले सोही अनुरुप खोर सुधार कार्यक्रम अन्तर्गत ७५५ नगरपालिकाले अनुदान उपलब्ध गराउनुका साथै कृषकलाई उन्नत प्रजातिका बोका वितरण नगरपालिकाले जनाएको छ ।

पकेट क्षेत्रमा लागाइएका बाली नाली पशुपालक कृषकहरूलाई अन्य प्राविधिक सहयोग नगरपालिकाकै प्राविधिकले गर्ने गरी दीर्घकालीन योजना रहेको कृषि प्राविधिक न्यौपानेले बताए । सबै वडालाई पकेट क्षेत्र घोषणाका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ६० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्