बाणगङ्गा नगरपालिकाको १४ औं नगरसभा, २ विधेयक पेश हुँदै 


पालिका पत्र

२५ पुष २०८०, बुधबार ०८:१३ मा प्रकाशित


पालिका पत्र बाणगङ्गा, पौष २५ ।
बाणगङ्गा नगरपालिकाले २ विधेयक पेश गर्ने भएको छ । नगरपालिकाको सभाहलमा आज हुने १४ औं नगरसभामा उक्त २ विधेयक पेश हुनेछन् । जसमा वन विधेयक ‘२०८०’, र बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठान गठन तथा सञ्चालन विधेयक ‘२०८०’ पेस हुने जनाईएको छ । यस्तै नगरसभामा खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन २०७८ लाई संशोधन गर्ने प्रस्ताव समेत पेस हुने नगरपालिकाले जनाएको छ । नगरसभाले केही मात्रामा आर्थिक वर्ष २०८०/ ०८१ मा अति आवश्यक नीति तथा कार्यक्रमहरू संशोधन गरि बजेट समेत विनियोजन गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्