कपिलवस्तुमा ग्रन्थी सम्बन्धित रोगहरूको विषयमा प्रशिक्षण 


पालिका पत्र

२५ पुष २०८०, बुधबार १७:२९ मा प्रकाशित


कपिलवस्तु, २५ पौष । 
कपिलवस्तुमा ग्रन्थी सम्बन्धित रोगहरूको विषयमा १ दिने प्रशिक्षण गरिएको छ । ग्रन्थी सम्बन्धि रोगहरूमा फार्मासीस्टहरुको भूमिकाका विषयमा प्रशिक्षण गरिएको हो । प्रशिक्षणमा ग्रन्थी के हो ? यस सम्बन्धी रोग लागेमा कसरी उपचार गर्ने । कस्ता प्रकृतिका बिरामी लाई कसरी काउन्सिलिङ गर्ने भन्ने विषयमा प्रकाश पारिएको थियो । 


कार्यक्रममा नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारीले ग्रन्थी सम्बन्धित रोगमा फर्मासिस्टको भूमिकाको बारेमा बताएका थिए । रोगहरूको विषयमा बुटवलका बरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर एस. एन यादवले प्रशिक्षण गराएका हुन् । 
नेपाल फार्मेसी संघ कपिलवस्तुको आयोजनामा प्रशिक्षण कार्यक्रम भएको हो ।

नेपाल फार्मेसी संघ कपिलवस्तुका अध्यक्ष रमेश शर्माको अध्यक्षता संघका उपाध्यक्ष सुनील दुवेदीको  स्वागत रहेको कार्यक्रमको सञ्चालन सघंका महासचिव डाक्टर विक्रम घिमिरेले गरेका थिए । मंगलबार बाणगंगाको पिस हिमालयन रिर्सोटमा भएको प्रशिक्षणमा ६० जना फर्मासिस्टहरुको उपस्थिति रहेको  रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्