घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका अस्तव्यस्त फाइल पूर्ण व्यवस्थित


पालिका पत्र

२५ पुष २०८०, बुधबार २०:०३ मा प्रकाशित


कपिलवस्तु, पौष २५ । 
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले फाइल व्यवस्थापनलाई प्रभावकारी बनाएको छ । ४० वर्ष देखी व्यवस्थित हुन नसकेका फाइल व्यवस्थित भएका छन् । कार्यलयमा हजारौँको सङ्ख्यामा सेतो वा रातो कपडाले फाइल पोको पारेर राख्ने गरिएको थियो । प्रविधिको विकास भइसक्दा पनि सरकारी कार्यलयमा यस्तो अहिले पनि देख्न सकिन्छ । यद्यपि घरेलु तथा साना उद्योग कार्यालयले यसलाई प्रविधि मैत्री बनाउने उद्देश्यले फाइल व्यवस्थापन गरेको छ । 


सेवाग्राहीहरूलाई प्रदान गरिने सेवा सहज होस भनेर फाइल पूर्ण व्यवस्थित गरिएको कार्यालयका प्रमुख प्रेम बहादुर गौतमले जानकारी दिए । उनले फाइल व्यवस्थापन पछि सबै फाइललाई प्रविधिमैत्री गर्नको लागि कम्प्युटरमै इन्ट्री गरिने बताए । उनले भने “अब जति पनि यस कार्यालयमा दर्ता भएका फाइल छन सबै १० मिनेट मै भेटिन्छ ।” ‘फाइल हराउने त कुरै छैन् ।’ गौतमका अनुसार क्षेत्र अनुसारका कोड नम्बर राखिएको छ, त्यस अनुसार सहजै फाइल पत्ता लाग्छ । सबै कामलाई विस्तारै सिस्टमा लगिने उनले बताए । 
उनले कपिलवस्तुको घरेलु तथा साना उद्योग कार्यालय पुग्दा फरक महसुस हुने गरि काम गर्न खोजिएको जानकारी दिए ।  गौतमले स्थानीय स्तरमा भएका उत्पादनलाई नमुनाको रुपमा कार्यालयमा प्रर्दशनमा राख्न सुरु गरिएको बताए । 


यस भन्दा अगाडि उक्त कार्यालयमा दर्ता भएका फाइल खोज्न दिनभरी नै लग्ने गरेको बताइन्छ । कतिपय पुराना फाइल सडेको अवस्थामा पनि भेटिएको कार्यलयले जनाएको छ । यस कार्यालयमा अहिले सम्म २० जना भन्दा धेरै हाकिम परिर्वतन भए तर कमगर्ने शैली परिर्वतन भएको थिएन । 

प्रतिक्रिया दिनुहोस्