शिवराजमा शव परिक्षण गृह उद्घाटन 


पालिका पत्र

५ माघ २०८०, शुक्रबार १८:३२ मा प्रकाशित


शिवराज, माघ ०५ । 
कपिलवस्तुको शिवराज नगरपालिका आधारभूत स्वास्थ्य सेवा अस्पतालमा शव परिक्षण गृह उद्घाटन गरिएको हो । उद्घाटन गर्दै नगरप्रमुख अजय थापाले  बिभिन्न घटनाबाट मृत्यु भएकाहरूको शव परिक्षण गर्न टाढा टाढा लैजानुपर्ने बाध्यता हटेको बताउनुभयो । शव परिक्षण (पोस्टमार्टम) सेवा शुभारम्भले नागरिकलाई सहजता हुने अस्पताल सञ्चालक समिति अध्यक्ष एवं वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले जानकारी दिनु भयो ।

स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा यो सेवा नेपालमै पहिलो भएको नगरका स्वास्थ्य शाखा प्रमुख चुरामणि भट्टराईले बताउनुभयो । कार्यक्रममा चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे , नेपाली कांग्रेस जिल्ला उपसभापति हुमकान्त खनाल लगायतले अस्पतालमा भएको सेवा बिस्तार गरेकोमा धन्यबाद व्यक्त गर्नुभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेले औपचारिक रुपमा आज देखि सेवा आरम्भ भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्