सोमबार पालिकाभित्र काटमार नगर्न शुद्धोधनको अनुरोध


पालिका पत्र

५ माघ २०८०, शुक्रबार १८:४८ मा प्रकाशित

कपिलवस्तु, माघ ०५ । शुद्धोधन गाउँपालिकाले आगामी सोमबार पालिकाभित्र काटमार नगर्न स्थानीयलाई अनुरोध गरेको छ । सो दिन कुनैपनि पशुपन्छी, जीवको वध, मदिरा, माछा मासिको बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

यहि ८ गते सोमबार भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको जनाउँदै रामको विवाह नेपालकी छोरी सीतसँग भएकाले सो दिन उक्त कार्य नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

साथै सो अवसरमा पालिकाका अति आवश्यकबाहेकका सेवा तथा शैक्षिक संस्थाहरुमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्