बनगाईमा खुल्यो आँखा उपचार केन्द्र 


पालिका पत्र

१२ माघ २०८०, शुक्रबार २१:०३ मा प्रकाशित


कपिलवस्तु, माघ १२ । 
बाणगंगाको बनगाईमा आँखा उपचार केन्द्र तथा चश्मा पसल सञ्चालनमा आएको छ । बाणगङ्गा ४ नम्बरबाट सेवा दिदै आएको जय भैरव चश्मा पसलले आफ्नो शाखा विस्तार गर्दै बनगाईमा सेवा सञ्चालन गरेको हो । 


आँखा उपचार केन्द्र तथा जय भैरव चश्मा पसलले आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वडा न. ७ मा सञ्चालनमा आएको जय भैरव चश्मा पसलको वडा अध्यक्ष विष्णु गिरी तथा होटल पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विष्णु गिरीले वडामा खुलेको चश्मा पसल तथा आँखा उपचार केन्द्रलाई वडा बासिका सेवाको लागि सदैव तत्पर रहन आग्रह गरे । उनले जय भैरव चश्मा पसल पसल मात्र नभएर सेवाको काम भएकाले वडाले पनि शिविरको रुपमा सहयोग गर्न सक्ने बताए । 


यस्तै होटल पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले सेवा सँगै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । यस्तै जय भैरव चश्मा पसल तथा आँखा उपचार केन्द्रका सञ्चालक सन्दीप भट्टराईले आफू सेवाकालागि सदैव अग्रसर रहेको जानकारी दिए । उनले व्यवसाय मात्र नभएर गरिब दुःखीहरूलाई निशुल्क सेवा प्रदान गर्न आफू पछि नपर्ने जनाए । उनले कँही त्यस्तो   छ भने आफूलाई खवर गर्न पनि उपस्थित सबैलाई आग्रह गरे । उनले शुभारम्भको अवसरमा माघ १५ गते सम्म निशुल्क आँखा चेकजाँचको प्रबन्ध मिलाएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्