कपिलवस्तु केयर ट्रेड बन्यो वृद्ध वृद्धाहरूको साहरा, निः शुल्क थेरापी  


पालिका पत्र

१३ माघ २०८०, शनिबार ११:३२ मा प्रकाशित


कपिलवस्तु, माघ १३ ।
२५ बर्षिया युवा सागर आचार्यले कपिलवस्तुको बाणगङ्गाबाट निःशुल्क थेरापी सेवा सुरु गरे । उनले सोचेका थिएनन् यो सेवा यसरी वृद्ध वृद्धाहरूको  साहरा बन्न पुग्ला भनेर । उनले सुरु गरेको सेवा अहिले सयौँ वृद्ध वृद्धाहरूको साहरा भएको छ । खासगरि आचार्यले एच वान कम्पनीमा केही वर्ष काम गरे । उनले त्यहाँ देखेका थिए, यो सेवा सँगै बिजनेश पनि रहेछ भनेर, उनले भने । काम गर्दा गर्दै उनले आफैले शाखा सञ्चालन गर्ने सोच बनाए । उनले क्षेत्र पहिचान गरेर कपिलवस्तुको बाणगङ्गा बैरियामा कपिलवस्तु केयर ट्रेड प्रा. ली. को नाममा सेवा सञ्चालन गरे । उक्त निः शुल्क थेरापीबाट हजारौँले सेवा लिएका छन् । थेरापी सेवालीन आएकी एक वृद्ध आमाले थेरापीले आफ्नो शरीरमा भएका धेरै प्रकारका रोग निको भएको सुनाइन । उनले आफूले नियमित थेरापीले आदत बसेको र आनन्द महसुस हुनेगरेको बताइन् । सागरले उक्त कपिलवस्तु केयर ट्रेड प्रा. ली.  मा ६ जनालाई रोजगार समेत दिएका छन् । बिहान ७: ३० देखि बेलुका ५: ०० बजे सम्म शनिबार बाहेक अन्य दिन सेवा दिइरहेको सञ्चालक सागरले जानकारी दिए । 


के हो एच वानको निः शुल्क थेरापी ?


निः शुल्क थेरापी गरौँ, स्वस्थ रहौँ भन्ने उद्देश्यका साथ एच वान थेरापी सञ्चालनमा ल्याइएको हो । एच वान कम्पनी एउटा विश्वव्यापी प्रख्यात हेल्थ केयर कम्पनी हो । हाल यो कम्पनी विश्वभर अधिकांश राष्ट्रहरूमा फैलिएको छ । यसको प्रमुख कार्यालय दक्षिण कोरियामा रहेको छ । यस कम्पनीले मानव स्वास्थ्य जीवनको आजीवन निः शुल्क रुपमा वैज्ञानिक एवं प्रमाणित उपचार विधिको प्रयोग गरि ज्यादै सरल तरिकाबाट समाधान गर्ने मुख्य उद्देश्य लिएको छ । यसको उत्पादनलाई विभिन्न राष्ट्रका बहुचर्चित मान्यता प्राप्त नियमक निकायबाट दर्जनौं प्रमाणप्रत्र, प्रशंसापत्र र अधिकारिकता प्रधान गरिसकिएको छ । नेपालमा वि. स. २०७४ साल माघ २३ बाट सञ्चालनमा आएको छ । नेपालमा विगत २०७४ साल देखि सेवा गर्दै कम्पनीले हाल सम्म ३० वटा एच वान सेन्टर विस्तार गरेको छ । 


कस्ता रोगको लागि लाभदायी छ ?
एच वान एउटा यस्तो मेसिन हो जसले स्वास्थ्य स्याहार सुसार गर्ने, माशंपेशीय अस्थिपंजर प्रणालीको उपचार गर्नु, नशालाई खुलाएर रक्तसंचारलाई राम्रो बनाउदछ, स्नायु प्रणालीलाई लचिलो बनाउदछ, च्यापिएको खुम्चिएको नशाहरु खुलाउदछ, प्राकृतिक तरिकाले रोग निको गर्ने क्षमता बढाउछ । 


एच वान थेरापी गर्दा हाडजोर्नी तथा नसा, कम्मर, पत्थरी, पिनास, प्रोस्टेट, अल्सर, प्यारालाईसिस,वाथ, साइटिका, बाझोपन, हर्निया, उच्च, निम्न रक्तचाप, सुगर, दम, मृगौला, जन्डीस, पायल्स, ग्याष्ट्रिक, कब्जीयत, टन्सिल , थाइराइड, निद्रा नलाग्ने, टाउको दुख्ने, माइग्रेन आदि विभिन्न रोग सम्बन्धी समस्याहरुबाट एच वान थेरापि बाट लाभ प्राप्त गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्