लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १८ देखि


पालिका पत्र

२३ माघ २०८०, मंगलवार ०८:३२ मा प्रकाशित

माघ २३ गते । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी फागुन १८ गते शुक्रवार दिउँसो ३ बजे आह्वान गरिएको छ । यो दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन हो ।

संविधानको धारा १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ अनुसार मन्त्रिपरिषद्को निर्णयसहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिश अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरी प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्