आहा ! बुद्धभूमि ९ बर्कलपुरका महिलाले बनाएका हस्तकला सामग्री


पालिका पत्र

२ फाल्गुन २०८०, बुधबार १३:४१ मा प्रकाशित

बुद्धभूमि, फागुन ​​​​​​​ ०२ । 
हरियाली हस्तकला महिला समुहमा २८ जनाको समुह छ । बुद्धभूमि ९ बर्कलपुरमा गठन भएको महिला हरूको समुहले हस्तकला सामग्रीलाई आम्दानीको स्रोत बनाएका छन् । 
उनीहरूले कास, मुझ र कुशका सामग्री हातले बुनेर आकर्षक सामग्री बनाउँदै आएका छन् । उनीहरूले गुद्री, चकटी, श्रृङ्गारका  सामग्री राख्ने टोकरी, टोपी र अन्य धेरै सामग्रीहरू निर्माण  गरेर बेच्ने गर्दछन् । 

सामग्रीहरू जिल्लामा मात्रै नभएर काठमाण्डौ, भैरहवा, बुटवल लगायतका सहरमा बेच्ने गरेको संस्थाका अध्यक्ष सुसिला थारूले बताइन । थारूले उत्पादन भएका एक सामग्री बराबर रु ५० रुपैयाँ संस्थामा जम्मा गर्ने गरेको जानकारी दिइन । उनले भनिन “यसो गरेर सस्था पनि चलाएका छौं, हामीलाई पनि गतिलो आम्दानीको स्रोत भएको छ ।”  यस्तै थारूले सामग्री बेचेर घर चलाउने बाल बच्चा पढाएको सुनाइन् । उनले माग पनि राम्रो भएकाले बिक्री गर्न कुनै समस्या नभएको बताइन । 

प्रतिक्रिया दिनुहोस्