सुस्माले जितिन् डान्स आइडलको उपाधि


पालिका पत्र

८ फाल्गुन २०८०, मंगलवार ०९:०८ मा प्रकाशित

फागुन ८ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिका, १ प्रगतिनगरमा सञ्चालित डान्स आइडल प्रतियोगिताको उपाधि सुस्मा खड्काले जितेकी छन् । प्रगतिनगर सेवा समाजको आयोजनामा माघ २६ गतेदेखि सञ्चालित प्रतियोगिताको फाइनलमा सोमबार पाँच जनाबीच उपाधिको प्रतिष्पर्धा भएको थियो ।

फाइनलमा अन्य पाँच प्रतिष्पर्धीलाई पछि पार्दै बाणगंगा नगरपालिका ११ पिपराकी सुस्मा खड्काले उपाधि जितेकी हुन् । उपााधिसंगै उनले ३० हजार रुपैयां नगद पुरस्कार र विभिन्न उपहार पाएकी छन् ।

यस्तै दोस्रो प्रगतिनगर डान्स आइडलमा सचिन परियार दोस्रो भएका छन् । परियार बाणगंगा नगरपालिका वडा नम्बर ४ गजेहडा निवासी हुन् । उनले नगद २० हजार प्राप्त गरेका छन् । यस्तै शुद्धोधन गाउँपालिका, १ प्रगतिनगरकी अनुजा अर्याल तेस्रो हुंदै १० हजार नगद पुरस्कार पाए ।

प्रतियोगितामा २५ जनाले भाग लिएका थिए । जसमध्ये अडिसनबाट १८ जना छनोट भए र ती मध्ये १० जना भोटिङ राउण्डमा आएका थिए । १० जना मध्ये निर्णायकको मूल्यांकन ५० अंक र दर्शकले दिने भोटको ५० अंकका आधारमा हरेक दिन एक–एक जना प्रतियोगी बाहिरिंदै जांदा अन्तिम पाँचजना बीच उपाधि भिडन्त भएको हो ।

उत्कृष्ट १० जनामा सचिन परियार, सुनिता थारु, सिम्रन थारु, सुस्मा खड्का, कोपिला भुसाल, कृषा न्यौपाने, मनोज कुर्मी, सागर थापा, मुन्ना माइकल थारु र अनुजा अर्याल छनोट भएका थिए ।

विजयी प्रतियोगीहरुलाई शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, महोत्सव संयोजक पुष्पराज अर्याल, सहसंयोजक सुशिल खत्री, मूल्यांकलन समिती संयोजक कोमनाथ यादव, डान्स आइडल संयोजक सुमन पौडेल लगायतले पुरस्कार प्रदान गर्दै नृत्य प्रतिभाहरुको कला प्रष्फुटन गर्ने प्लेटफर्म दिन डान्स आइडल प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्